हिरासतबाट फरारमध्ये एक जना पक्राउ

समाचार

जनकपुरधाम, १७ माघ । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका थुनुवामध्ये एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मिथिला नगरपालिका वडानम्बर–६ का २८ वर्षीय रोशन महतो रहेको प्रक्राउ परेका हुन् ।

महतोलाई धनुषाको मिथिला नगरपालिका–८ कुशुमविछौना स्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर आइतबार राति ६ जना थुनुवा फरार भएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ