शिवा शर्मा, बर्दिया, १७ माघ । विश्व कुष्ठरोग दिवस फ्रान्सका प्रसिद्ध मानवतावादी रावल फोलोरियोले कुष्ठरोगको समुचित उपचार गरी निवारण गर्न जनचेतनाको माध्यमबाट कुष्ठरोग नियन्त्रण र न्यूनिकरण गर्न तथा कुष्ठ प्रभावितहरु प्रतीको भेदभावलाई हटाउने उदेशयले सन १९५४ देखि जनवरी महिनाको अन्तिम आईतबार मनाउन थालिएको थियो ।
“कुष्ठरोग अन्त्यका लागि आफैबाट पहल गरौ” भन्ने मूल नाराका साथ यस वर्ष ७०र्औ विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रमका साथ मनाइदैछ ।
यो अन्तर्राष्ट्रिय दिवस कुष्ठ प्रभावित मानिसहरुको स्मरण गर्दै रोगको बारेमा चेतना जगाउने र कुष्ठरोग सम्बन्धित लाञ्छना र भेदभावको अन्त्य गर्न आवह्रान गर्ने अवसर हो ।
यस वर्षको नाराले कुष्ठरोगलाई प्राथामिकतामा राखेर अहिलेबाट नै पहल गरे कुष्ठरोग उल्मुलन सम्भव छ भन्ने सन्देश सहित स्वास्थ्य कार्यालय गुलरिया बर्दियाले ७० औं विश्व कुष्ठरोग दिवसको अवसरमा स्थानीय पत्रकारहरुसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
कुष्ठरोग एक सरुवा रोग हो, कुष्ठरोग श्वासप्रश्वासको माध्यमबाट एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्छ, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको ब्यकितमा कुष्ठरोगको जीवाणु प्रवेश गरेको २ देखि ५ वा सो भन्दा बढि अवधिमा रोग देखा पर्छ, नियमित उपचार गरेमा कुष्ठरोग पूर्णरुपमा निको हुन्छ, कुष्ठरोगको समयमै उपचार नगरे अपाङ्गता हुन सक्ने सम्भावना रहन्छ, कुष्ठरोगका विरामीले अवस्था हेरेर ६ महिना देखि १२ महिनासम्म नियमित औषधी सेवन गर्नुपर्छ, सबै सरकारी स्वास्थ्य संस्थामा कुष्ठरोगको उपचार र औषधी निशुल्क रुपमा पाईन्छ, कुष्ठारोगको नियमित उपचार पुरा गरेपछि १ हजार र अस्पतालमा भर्ना भै उपचार गराउनेहरुलाई थप १ हजार रुपैया सरकारले उपलब्ध गराउछ ।
तसर्थ यी लक्षणहरु देखा पर्ने ब्यक्तिहरुलाई स्वास्थ्य कार्यालय वा नजिकको स्वास्थ्य सेवा केन्द्रहरुमा सम्र्पक गर्न स्वास्थ्य कार्यालय बर्दियाले अनुरोध गरेको छ ।
सन् १८५७ मा कोकना लोप्रोसियम भन्ने ठाँउबाट कुष्ठरोगीलाई राख्ने ठाँउबाट कार्यक्रमको शुरुवात भएको हो ।१९६०मा सर्वे भयो त्यस सर्वेमा करिब नेपालमा १ लाख कुष्ठरोगी बिरामी देखिए र १९६६मा नेपाल सरकारले कुष्ठरोग नियन्त्रण आयोजना कार्यक्रम संचालन गर्यो ।
सन् २०१० मा नेपाल सरकारले नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरेता पनि हाल केहि प्रदेश र स्थानीय तहहरुमा यो रोग देखिएको छ ।प्रति १० हजारमा १ भन्दा कम हुने पर्ने हो तर बढी छ ।बर्दियामा १. २४ गत आर्थिक वर्षमा ६३ रोगी देखिएता पनि अर्ध वार्षिक साउन महिना देखि पौष महिनासम्ममा १५ जना विरामी थपिएको कुरा स्वास्थ्य कार्यलय बर्दिया कार्यलय प्रमुख गोकर्ण गिरीले बताए ।
तपाईको प्रतिक्रिया