ब्राउनसुगरसहित होटलबाट युवक पक्राउ

समाचार

कैलाली, १७ माघ । धनगढीको एक होटलबाट ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–३ चौराहास्थित होटलबाट अवैध लागूऔषध ब्राउनसुगर ९ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका–५ डेरा गरी बस्ने अछाम सांफे नगरपालिका–३ घर भएका ३४ वर्षीय मुकेश कुँवरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ