आर्थिक संकटबारे सुझावसहित प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ज्ञापन

समाचार

काठमाडौं, १७ माघ । देशको आर्थिक संकटबारे सुझावसहित नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ ।

मंगलबार एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहितको टोलीले प्रधानमन्त्री प्रचण्डलाई २० बुँदे सुझावसहितको ज्ञापन पत्र बुझाएको हो ।

चरम आर्थिक सङ्कट परेको, बैङ्कको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै एकीकृत समाजवादीले ज्ञापन पत्र बुझाएको जनाएको छ ।

उद्योग/व्यवसाय धराशायी हुँदै गएपछि बैङ्कको ऋण असुलीमा गम्भीर समस्या देखिएको भन्दै ज्ञापन पत्रबाट पार्टीले सुधारका लागि सुझाव दिएको बताएको छ ।

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ