मोरङ, १८ माघ । विराटनगर महानगरपालिका–१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय नजाम खानलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
साथै थप सोधपुछको क्रममा उक्त लागूऔषध विराटनगर महनागरपालिका–१४ बस्ने ३१ वर्षीय अमरनाथ यादवले ल्याउन लगाएको भनी खुल्न आएपछि यादवलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया