चित्तलको छालासहित पक्राउ

समाचार

कैलाली, १८ माघ । घोडाघोडी नगरपालिका–५ देउकलिया बस्ने ५४ वर्षीय खेमराज सापकोटालाई चित्तलको छाला २ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

सापकोटाको घरमा चित्तलको छाला रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुखडबाट मंगलबार राति खटिएको प्रहरीले घर तलासी गर्दा उक्त छाला फेला पारी उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ