विराटनगर, १८ माघ । विराटनगर विमानस्थलमा आगमन कक्षमा कन्भेयर बेल्ट प्रणाली (ब्यागेज ह्याण्डलिङ्ग सिस्टम) सञ्चालनमा आएको छ ।
नेपाल नागरिक उड्डयन सेवा निर्देशनालयका उप महानिर्देशक हंशराज पाण्डेले बुधबार विराटनगर विमानस्थलमा प्रणालीको उद्घाटन गरेका छन् ।
मोफसलका विमानस्थलमा पहिलो पटक सञ्चालनमा ल्याएको सो प्रणालीको निमार्ण लागत दुई करोड तीन लाख ५१ हजार रुपैयाँ रहेको छ ।
सो प्रणाली अन्तर्गत प्रतिघण्टा दुई हजार देखि चार हजारसम्म ब्यागको स्वचालित रुपमा हवाई यात्रुको स्थानमा सेवा पु¥याउने जनाइको छ ।
सेवा लागु भएपछि हवाई यात्रुले सहज र सरल रूपले सेवा प्राप्त गर्नुका साथै समय बचत हुनेछ ।
विराटनगर विमानस्थल प्रयोग गरी सन् २०२२ मा सात लाख ५९ हजार ३५७ जना हवाई यात्रुहरू आगमन तथा प्रस्थान गरेको सो कार्यालयले जनाएको छ ।
उक्त अवधिमा आगमनतर्फ तीन लाख ७७ हजार ९८१ र प्रस्थानतर्फ तीन लाख ८२ हजार २७६ जना यात्रुहरूले विमानस्थल प्रयोग गरेका छन् ।
तपाईको प्रतिक्रिया