जनकपुरधाम, १८ माघ । मधेश प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पदबाट राजीनामा दिएका छन् ।
सरकार परिवर्तन भएपछि नयाँ मुख्यमन्त्रीलाई काम गर्नमा सहजता होस् भन्नका लागि डा. झाले राजीनामा दिएएका हुन् ।
२०७६ भदौ २२ गते उपाध्यक्षमा नियुक्त भएका झा चुनावपश्चात् नयाँ सरकार गठन भएसँगै नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।
यसअघि रहेका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. हरिवंश झालाई तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले हटाएर डा. भोगेन्द्र झालाई नियुक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया