बारा, २३ माघ । राष्ट्रिय एकता अभियान बाराले श्रमण परम्पराका महान ऋषि सन्त रविदासको जन्मजयन्ती मनाएको छ ।
अभियानले सन्त श्री रविदासको जी को पूजा तथा समरसता कार्यक्रम गरी जन्मजयन्ती मनाएको हो ।
बाराको सदरमुकाम कलैयास्थित भरवलिया टोलमा वड़ा नंबर १८ का वडा अध्यक्षको अध्यक्षतामा जन्मजयन्ती मनाइएको अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बताएका छन् ।
जन्मजयन्ती कार्यक्रममा प्रमुख अतिथि तथा अभियान निकट राष्ट्रिय विद्यार्थी परिषद्का संयोजक विवेक कुशवहाले समाजमा जातिको आधारमा भइरहेको छुवाछुतप्रति आपत्ति जनाए ।
उनले जातीय छूवाछुत हिन्दू धर्मको संस्कृति नरहेको समेत बताएका छन् ।
उनले भने, ’यों एउटा विकृति मात्र हो, छुवाछुतलाई प्रश्रय दिनु हिन्दू धर्म विरोधी हुन्।’ यसको उदाहरणको रुपमा सन्त रविदासलाई लिन नसकिने उनले बताए ।
उनले भने, ’मानव आफ्नो कर्मले ठूलो या सानो हुने हो, जातिले होइन ।’
कार्यक्रममा वड़ा सदस्य ललिता देवी एवम् जेष्ठ नागरिक तुलसी रामले आफ्नो मनतव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया