ट्रकमा बस ठोक्किँदा चालकको मृत्यु

समाचार

रूपन्देही, २३ माघ । जिल्लाको सिद्धार्थनगर नगरपालिकामा ट्रकमा बस ठोक्किँदा चालकको मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका–९ अचलपुरस्थित सडकमा लु.२ ख ६०३८ नम्बरको बस लु.२ ख ६०६ नम्बरको ट्रकमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा बसका चालक तनहुँ भिमाद नगरपालिका–५ बस्ने २१ वर्षीय हरीश तिवारीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका बसका २ जना सह–चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ