रुपन्देही, २३ माघ । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका–८ सिवगढियामा लु.२ त ४९२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा ट्याक्टर चालक गैडहवा गाउँपालिका–६ बस्ने ४० वर्षीय जितु हरिजनको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी, लुम्बिनी साँस्कृतिक नगरपालिका–९ तेलारमा लु.१ क ५४७५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने उमा क्षेत्रीको छोरा ९ वर्षीय माधव क्षेत्रीको सोमबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया