खुला सिमाना सुरक्षाका लागि चुनौति : प्रहरी नायब महानिरीक्षक राई

समाचार

इमरान खान, कपिलवस्तु, २४ माघ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राईले तराईको खुला सिमाना सुरक्षाका लागि चुनौती रहेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय तौलिहवामा भएको मिडिया अन्तरसंवादमा बोल्दै उनले भारतीय मार्गवाट नेपाल भित्रिने धार्मिक पर्यटकलाई मध्यनजर गर्दै पर्यटक प्रहरी समेत राखिएको भन्दै आवश्यक परे कपिलवस्तुमा समेत उक्त फोर्स राखिने स्पष्ट पारे । विगतमा बाणगंगा नगरपालिकामा भएका दुई घटनाको अनुसन्धान गर्न समेत उनले निर्देशन दिए ।

खुला सीमाका कारण तराईका सबै जिल्लाहरुको सुरक्षामा ठूलो चुनौती खडा गर्ने गरेको उनले बताए ।

उनले खुला सीमाकै कारण प्रहरीलाई काम गर्न धेरै अप्ठेरो परेको बताए । उनले खुला सीमामा चुनौतीका बावजुत तस्करी र अपराध नियन्त्रण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

उनले प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यायले आआफनो कार्ययोजना बनाई अघि बढेको भन्दै प्रदेश प्रहरीको पहिलो प्राथमिता भनेकै सीमामा हुने अपराध र तस्कारी नियन्त्रण रहेको बताए ।

अपराध र तस्कारी नियन्त्रणमा प्रहरी सचेत रहेको भन्दै त्यसका लागि प्रहरी आफ्नो तरिकाले लागि परेको बताए ।

उनले अपराध र तस्कारी नियन्त्रणका लागि समन्वयात्मक टिम बनाइएको भन्दै त्यसका लागि भारतीय सुरक्षाकर्मीसँग समेत बेला बखत बैठक बसी सुरक्षा योजना समेत बनाइएको बताए ।

उनले लागु औषधको ओसारपोसर समेत ठूलो समस्या रहेको भन्दै त्यसको नियन्त्रणका लागि बिशेष युनिटसमेत गठन गरिएको बताए ।

उनले लागूऔषध रोगका रुपमा रहेको भन्दै उनले यसलाई सबैले खुलारुपमा कुरा गर्नु पर्ने बताए । ‘प्रहरीले राम्रो भन्दा राम्रो काम चाहन्छ त्यसका लागि सबैको साथ आवश्यक छ’ उनले भने ।

उनले तस्कारी र सीमा अपराध नियन्त्रणमा सबैले हातेमालो गरी साथ दिनु पर्ने बताए । उनले कसैले प्रहरी तर्फै औला ठड्याएर कुरा गर्दैमा गलत ब्यवाहर भएको भन्दै हिरासतमा राख्न नपाईने बताए ।

उनले प्रहरी कसैलाई पनि त भनेर सम्बोधन गर्न नपाउने बताए । ‘प्रहरी तर्फ औला ठढ्याएर कसैले कुरा गर्दैमा हिरासत भित्र राख्न पाईन्न त भनेर सम्बोधन गर्न मिल्दैन यसो गरिए त्यो प्रहरी नीति भित्र पर्दैन’ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ