मधेश प्रदेशको सरकारले पायो पूर्णता

समाचार

जनकपुरधाम, २४ माघ । मधेश प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) सहभागी भएसँगै सरकारले पूर्णता पाएको छ ।

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् १५ सदस्य भएको छ । मंगलबार माओवादीबाट एक मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् ।

धनुषाकी सुनिता यादव उद्योग वन तथ पर्यटन मन्त्री र पर्साका रहबर अंशारी राज्यमन्त्रीको शपथ ग्रहण गरेका छन् ।

यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्र र अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादव पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

जसपाले सरकारको नेतृत्व गरिरहेको छ । मुख्यमन्त्रीसहित जसपाले तीन मन्त्री, एक राज्यमन्त्री, नेकपा एमाले चार मन्त्री, एक राज्यमन्त्री, जनमत पार्टी दुई मन्त्री, एक राज्यमन्त्री, माओवादी केन्द्र एक मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ