काठमाडौं, २४ माघ । नेपाली मौलिक संस्कृतिलाई जगेर्ना गर्ने र विश्वमा नेपाली संस्कृतिको पहिचान दिलाउने उद्देश्यका साथ अगाडि बढ्नुभएका एक हस्तीे जोगेन्द्र के.सी हुन् ।
पिता काली बहादुर के.सी र माता कमलादेवी के.सीको सुपुत्रका रूपमा प्युठान जिल्लाको प्युठान नगरपालिका वडा नं. ९ गुरी गाउँ मरन्ठानामा जन्मिएका उनी नेपालकै चर्चित नृत्य कोरियोग्राफर हुन् ।
उनकै नेतृत्वमा नेपालको परम्परागत लोक संस्कृति झल्काउने विभिन्न नृत्य अन्तर्राष्ट्रिय मेला तथा सांस्कृतिक कार्यक्रमहरूमा आफ्नो प्रस्तुती प्रस्तुत गर्नुभएको छ ।
नेपालको तर्फबाट झ्याउरे, डम्फु नाच, सेलो, शेर्बु, कौडा, सोरठी, धिमे, भोजपुरी, टप्पा, मारूती, थाली, सतार, च्याङवुङ, हुड्क्यौली, झुम्रा, घाटु, सालैजो, कालभैरव, मञ्जुश्री, लाखे, झाँक्री आदि नृत्यहरू के.सी लगायत उहाँका टोलीहरूले अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिसकेका छन् ।
निरन्तरको अभ्यास र साधनाले मानिसलाई सफलताको सिंढीमा चढाउँछ । इज्जत, मान र सम्मान दिलाउँछ । फलस्वरूप नेपाली चलचित्र गीतसङ्गीत सौन्दर्यकला तथा समाजसेवामा निरन्तर योगदान दिएका विभिन्न स्रष्टहरू काठमाडौंमा एक समारोहबीच सम्मानित भएका छन् ।
विलक्षण क्रियसन तथा ब्युटी न्युज नेपालको छैटौं वार्षिक उत्सवको अवसरमा काठमाडौंको नाचघरमा आयोजित राष्ट्रिय विलक्षण प्रतिभा सम्मान २०७९ बाट विभूषित हुने अवसर जोगेन्द्र के.सीलाई पनि मिल्यो । यसरी सम्मानित हुनेमा साहित्य क्षेत्रबाट अग्रजपुस्ता पारशप्रकाश, नेपाल उपन्यासकार सुरेन्द्र महर्जन थिए ।
सौन्दर्यकला क्षेत्रबाट अनिता खड्का रायमाझी, रश्मिला श्रेष्ठ र सोनी शाह, चलचित्र अभिनेता करण श्रेष्ठ, महिला चलचित्र निर्देशक लछु गौतम, हास्य अभिनेता बेगम नेपाली, फेसन डिजाइनर काजल शर्मा, फेसन कोरियोग्राफिबाट अश्विनी कान्त झा, नृत्य निर्देशक कृष्ण रसाल, समाज सेवी ज्योती घिमिरे, व्यवसाय क्षेत्रबाट शोभा गुरुङ्ग लगायत सम्मानित भएका थिए ।
उक्त समारोहमा अभिनेत्री बसुन्धरा भुसाल, साँस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, लायन्स रेश्मा श्रेष्ठ, सोनीका रञ्जित लगायतले उक्त समारोह अन्तर्गत सम्मान प्रकट गरेका थिए ।
उक्त कार्यक्रममा नेपाली लोक संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरी नेपाल र नेपालीलाई पहिचान दिलाउन ठुलो योगदान दिएकै कारण उन्ले यो सम्मान पाएका हुन ।
विगत लामो समयदेखि जोगेन्द्र के.सीले नेपाली नृत्यलाई कोरियोग्राफीको माध्यमले आफ्नो सिप तथा कलाबाट नेपाली कला संस्कृतिको प्रवद्र्धन तथा प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उपलब्धीमूलक सहभागिता तथा सफलता दिलाउन सफल भएको र नेपाली लोक संस्कृति, मौलिक, लोकनृत्य लगायत लोकसंस्कृति सँगै सम्बन्धित हरेक पक्षहरूलाई बचाउँदै आएको हुँदा उनले यो सम्मान पाएका हुन् ।
नेपालको राष्ट्रिय गौरव एवम् नेपाली जनताको हित अभिवृद्धिमा उहाँले पु¥याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान स्वरुप यो विलक्षण प्रतिभा पुरस्कार २०७९ दिइएको कुरा कार्यक्रम संयोजकहरू बताउँछन् ।
तपाईको प्रतिक्रिया