ब्यवसायिक मकै उत्पादन र बजारीकरणमा जोड

समाचार

कमल राज पौडेल देबकमल

बर्दिया, २५ माघ । व्यावसायिक मकै उत्पादन तथा बजारीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सानाकिसान कृषि सहकारी संस्था लि. बढैयाताल ६ मैनापोखरमा भएको थियो ।

एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाको अगुवाईमा सानाकिसान कृषि सहकारी संस्थाले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सहकारीमा आवद्ध भएका मकै खेती गर्ने कृषकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

मकै लाउने समय भएको हुनाले मकैको क्षेत्रमा काम गर्ने सरकारी , गैरसरकारी र निजी क्षेत्रका सरोकारवालाहरुको उपस्थितीमा कृषकहरुलाई मकै खेती गर्न अभिप्रेरित गर्दै उहाँहरुको उत्पादनलाई बजारीकरण समेत गरी दिने उदेश्य राखेर हामीले मकै प्रर्वद्धनमा जोड दिदै उत्पादन देखि बजारीकरणसम्मको जानकारी र सेवा दिने अभिप्रयाले ब्यवसायिक मकै उत्पादन तथा बजारीकरण सम्बन्धी अभिमुखिकरणको यो छलफल कार्यक्रमको आयोजना गरेको कुरा एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका कार्यालय प्रमुख सगर ढकालले बताउनु भयो ।

कार्यक्रममा एकिकृत कृषि तथा पशुपनछी विकास कार्यालय गुलरिया बर्दिया ,सिमीट नेपाल ,गेट नेपाल र यस क्षेत्रका मकैै उत्पादक कृषकहरुलाई संस्थामा उपस्थित गराएर आगामी वर्षमा ३० हेक्. क्षेत्रफल जमिनमा संस्थाले मकै खेती गर्ने र अन्य कृषकहरुले बढैयाताल गाँउपालिका भित्र कम्तीमा पनि २ सय हेक्. क्षेत्रफल जमिनमा मकै खेती गर्न प्रेरणामिलोस र भारतिय बजारबाट आयात हुने मकैमा कमीहोस भन्ने उदेश्यले हामीले एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यलय गुलरिया बर्दियाको अगुवाईमा कार्यक्रमको आयोजना हौ र यो कार्यक्रममा कृषकहरु लगायत अन्य सरोकारवालाहरुको राम्रो उपस्थिती र कृषकहरुलाई यो कार्यक्रमले मकै खेती गर्नका लागि थप प्ररेणा मिलेको कुरा सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष्य बिष्णु प्रसाद लम्सालले जानकारी दिनु भयो ।

उक्त कार्यक्रममा एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका कार्यालय प्रमुख सागर ढकाललाई सहकारीका अध्यक्ष्यले दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो ।

 
 
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ