जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

समाचार

रूपन्देही, २५ माघ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

देवदह नगरपालिका–७ शितलनगर बस्ने ३६ वर्षीय मोहन गुरुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गुरूङले ती किशोरीलाई गत शुक्रबार राति देवदह नगरपालिका–७ ढेकारस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ