राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु

समाचार

कपिलवस्तु, २५ माघ । कृष्णनगर नगरपालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।

प्रतियोगितामा नगरपालिकाका सामुदायिक तथा निजी विद्यालयहरूबिच विभिन्न खेलकुदका विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उद्घाटन निवर्तमान प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका नेता अभिषेक प्रताप शाहले गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख रजत प्रताप शाहले पहिलो पटक सुरुवात गरिएको रनिङ शिल्ड र मेयर कपको तयारीमा केही कमी भए पनि आगामी दिनमा यसको सिकाइबाट व्यवस्थित बनाउँदै लगिने र विद्यालयमा पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूलाई सहभागी गराउन खेलकुदलाई विशेष प्राथमिकता दिइने बताए ।

कृष्णनगर बहादुरगन्जमा रहेको रामगोरखा माध्यमिक विद्यालयको खेल मैदानमासुरु भएको प्रतियोगितामा नगरका १४ वटा विद्यालयहरूको सहभागिता रहेको आयोजक कृष्णनगर नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ