चिनियाँ राजदूतले भेटे सभामुख

समाचार

काठमाडौं, २५ माघ । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदान–प्रदानलगायत विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको हो ।

सो अवसरमा ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको जनाउँदै सभामुख घिमिरेले कोभिड–१९ को महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पु¥याएको सहयोगको प्रशंसा गरेका थिए ।

सभामुख घिमिरेले अब दुई देशका नाकाहरू क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गरे ।

चिनियाँ राजदूत सोङले सभामुख घिमिरेको कार्यकालको सफलताका लागि शुभकामना दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ