महोत्तरी, २५ माघ । मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डलले विद्यालय भवनको शिलान्यास गरेका छन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत मटिहानी नगरपालिका वडा नं. ५ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय गोबरौरामा निर्माण हुने दुईकोठे पक्की विद्यालय भवनको बुधबार नगरपालिकाका नगरप्रमुख मण्डलले शिलान्यास गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नागेन्द्र महतोको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का वड़ा अध्यक्ष मिश्री नायक, ४ का वडा अध्यक्ष अब्दुल गफार राइन, विद्यालयका प्र.अ. धनुराम साह, नगर शिक्षा संयोजक चन्देश्वर साह लगायत कुशेश्वर यादव, मईनुद्दीन राइन, प्रकाश नायक, उपेन्द्र नायक, अर्जुन यादव, मोहन यादव, सन्तोष नायक, किशोरी नायक इन्जीनियर बिमलेश साह लगायतहरु पनि उपस्थिती रहेको थियो ।
विद्यालय भवन २२ लाख ५० हजारको लागतमा निर्माण हुने कुरा नगरपालिकाले जनाएको छ ।
तपाईको प्रतिक्रिया