ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ

समाचार

कैलाली, २६ माघ । धनगढी उपमहानगरपालिका–८ राधस्वामी मन्दिर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।

९ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय सिरु राना समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ