स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

समाचार

मोरङ, २६ माघ । विराटनगर महानगरपालिका–१० सोमबारे चोकबाट स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

नगद ९ लाख २० हजार रूपैयाँ सहित विराटनगर महानगरपालिका–१९ बस्ने ४१ वर्षीय रंजित कुमार साहलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

सिआरभि घोगापुलबाट खटिएको प्रहरीले बिआर ३८ एन ४९३० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ