बाल्टिनको पानीमा डुबेर एक वर्षीय बालकको मृत्यु

समाचार

सिरहा, २६ माघ । मिर्चैया नगरपालिका–१२ सिक्रोन बस्ने दिपक कापरको छोरा १ वर्षीय गोलु कापरको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको छ ।

बिहीबार बिहान आफ्नै घर अगाडि खेल्ने क्रममा भरिएको बाल्टिनको पानीमा डुबेर गम्भीर घाइते भएका उनको मंगलम अस्पताल मिर्चैयामा सामान्य उपचार पश्चात थप उपचारको लागि मिर्चैया अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ