स्ववियु निर्वाचनमा लोविसंघलाई सहयोग गर्न लोसपाद्वारा परिपत्र जारी

समाचार

काठमाडौं, २७ माघ । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा लोकतान्त्रिक विद्यार्थी संघलाई जिताउन सहयोग गर्नका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले परिपत्र जारी गरेको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले शुक्रबार सो परिपत्र जारी गरेका हुन् ।

आगामी चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुन लागेको छ ।

अध्यक्ष ठाकुरले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरु, प्रदेश समिति सदस्यहरु र जिल्ला समिति सदस्यहरुलाई सम्बोधन गर्दै परिपत्र जारी गरेका हुन् ।

लोविसंघलाई निर्वाचनको लागि आवश्यक तयारी गर्न र विशेष रुपमा सत्रिय भई चुनाव जिताउनका लागि लोसपाका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई ठाकुरले परिपत्र जारी गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ