कमल राज पौडेल देबकमल, बर्दिया, २८ माघ । जिल्ला दुध उत्पादन सहकारी संस्थाले फागुन १ गतेदेखि दुधको मूल्य वृद्धि गरी प्रति लि. एक सय रुपैयाँ कायम नगरेमा ठूलो आन्दोलन गर्ने चेतावनीसहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई बुझाएको छ ।
जिल्ला भित्रका १५ हजार पशुपालक कृषकहरुले उत्पादन गरेको करिब दैनिक ४० हजार लिटर दुध संकलन गर्ने ३० वटा दुग्ध उत्पादक सहकारी संस्थाद्वारा दुधको उचित मूल्य कायम गराई दुध उत्पादन क्षेत्रमा वैदेशिक रोजगारमा गएका यूवाहरुलाई स्वदेशमा पशुपालन क्षेत्रमा रोजगारी सृजना गरी देशलाई दुधमा आत्मनिर्भर बनाउनका लागि दुधमा उचित मूल्य कायम गरिनु पर्छ भन्ने कुरा प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

केन्द्रीय दुध उत्पादन सहकारी संस्थाको निर्देशन अनुसार ७७ वटै जिल्लामा दुधको उचित मूल्य कायम होस् भन्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम अनुसार आज हामीले जिल्ला प्रशासन कार्यलय बर्दिया मार्फत नेपाल सरकारलाई फागुन १ गतेसम्मको सिमा अवधि तोकेर चेतावनी सहितको ज्ञापनपत्र बुझाका छौ । हामीले तोकेको सिमा अवधी भित्र नेपाल सरकारले दुधको मूल्य प्रति लिटर एक सय रुपैयाँ कायम नगरेमा हामी ठुलो आन्दोलन गर्न बाध्य हुने छौ र त्यो आन्दोलनबाट हुने क्षतिको सम्पूर्ण जिम्मा नेपाल सरकारले लिनु पर्ने हुन्छ भन्दै ज्ञापनपत्र बुझाए पछि संचारकर्मीहरुसंग कुरा गर्दे जिल्ला दुग्ध उत्पादक सहकारी संघ बर्दियाका अध्यक्ष पवन कुमार यादवले बताए ।
दुध उत्पादन सहकारीे संस्थाले दुध उत्पादन गर्ने पशुपालक किसानहरुले पशुपालन क्षेत्रमा भोगेका समस्या सहित दुधको उचित मूल्य कायम गरियोस भन्दै ज्ञापनपत्र बुझाएका छन् ।

आफुले यो ज्ञापनपत्र उहाँहरुको माग अनुसार सम्बन्धीत निकायसम्म पुराईदिने प्रतिबद्धता जाहेर गर्दे ज्ञापनपत्र बुझेको कुरा बर्दिया जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डे बताए ।
तपाईको प्रतिक्रिया