जनकपुर, २९ माघ । जनकपुरमा आयोजित विचार गोष्ठी कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय एकता अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिता साहले दुई देशबीच एकअर्कासँग गहिरो सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध हुनाले विकास क्षेत्रमा पनि नेपाल–भारत सहकार्य आवश्यक रहेको बताएकी छन् ।
उनले भनिन्, ’छिमेकी देशहरूसँगको सुमधुर र मैत्रीपूर्ण सम्बन्धलाई विकास गर्ने र प्रवर्द्धन गर्ने नेपालको गम्भीर चाहना आफ्नो भूभाग भारत विरोधी तत्वहरूलाई दुरुपयोग हुन नदिने लामो समयदेखिको अडानबाट झल्कन्छ र उहाँबाट पनि यस्तै पारस्परिक सहयोग र आश्वासनको अपेक्षा गर्दछ। दुई देशबीचको खुला सिमाना हाम्रो सम्बन्धको विशिष्ट विशेषता हो। प्रतिबन्ध बिनाको सिमानाले एकअर्काको क्षेत्रमा हाम्रा जनताको स्वतन्त्र आवतजावतलाई धेरै सहज बनाएको छ।’
कार्यक्रममा वक्ताहरुले दुई देशबीच खुला सिमाना रहेको बताए । दुवै देशका तीर्थस्थलमा दुवै देशका जनता आउने गर्छन् ।
भारतले नेपाललाई शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी, यातायात, दूरसञ्चार, ऊर्जालगायत क्षेत्रमा सहयोग गर्दै आएको छ । रोड, रेलवे यसको पछिल्लो उदाहरण हो। तर आजकल नेपालमा भारत विरोधी तत्वहरुले पखेटा फैलाइरहेका छन् । यो रोकिनुपर्नेमा वक्ताहरुले जोड दिए ।
डा वीरेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा हिन्दी अभियन्ता तथा लोसपा नेता रमण पाण्डे, जनकपुरधाम नागरिक समाजका संयोजक मुरली मनोहर मिश्र, मारबारी सेवा समिति जनकपुरधामका महासचिव प्रमोद अग्रवाल, हिन्दू सम्राट सेनाका अध्यक्ष प्रमोद अग्रवाललगायतको सहभागिता रहेको थियो ।
त्यस्तै राजेश यादव, ज्ञानेन्द्र यादव लगायतका विभिन्न व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया