रुपन्देही, २९ माघ । राष्ट्रिय एकता अभियानद्वारा रुपन्देहीमा आयोजित विचार गोष्ठी कार्यक्रमका प्रमुख अतिथि अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले विकास क्षेत्रमा नेपाल–भारत सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
उनले सनातन धर्म संस्कृति र परम्पराको जगेर्ना अहिलेको आवश्यकता रहेको उल्लेख गरेका हुन् ।
उनले नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारत बीचको सम्बन्ध सदियौं पुरानो रहेकाले यसको निरन्तरता अहिले पनि कायमै रहेको बताए ।
उनले धर्म संस्कृतिको नाममा हुने राजनीतिले द्वन्द निम्त्याउने खतरा उच्च हुने उल्लेख गरेका छन् ।
कार्यक्रममा अतिथिको रुपमा मनीष लोध, बिंध्याचल चौधरी, रणजीत यादव, राम अवध पासी, अजय गुप्ता लगायतले आफ्नो मनतव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया