काठमाडौं, २९ माघ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न भएको छ । सो बैठकमा सरकारको कामकारबाहीबारे समीक्षा भएको छ ।
सत्ता साझेदार दलहरु आगामी दिनमा पनि सहकार्यलाई अझ मजबुत ढंगले अघि बढाउन सहमत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अझ मजबुत ढंगले सहकार्यलाई अगाडि बढाउने र छलफललाई निरन्तरता दिने सहमति भएको हो ।
आगामी दिनमा अझ मजबुत ढंगले यो सहकार्यलाई अगाडि बढाएर लैजाने भन्ने सहमति भएको छ र अब नियमित रुपमा यस प्रकारको भेटघाटलाई निरन्तरता दिने सहमति भएको जनाइएको छ ।
बैठकमा रास्वपालाई पुनः सरकारमा ल्याउनेबारे पनि छलफल भएको जनाइएको छ । राष्ट्रपतिको उम्मेदवारबारे आजको बैठकमा छलफल नभएको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए ।
तपाईको प्रतिक्रिया