जनमतमा प्रवेश गर्दै डा.शरद्सिंहले भने, ‘नयाँ राजनीतिक जीवनको सुरुवात गर्दैछु’

समाचार

काठमाडौं, २९ माघ । मधेश आन्दोलनका अगुवा नेता, सामाजिक अभियन्ता एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता डा.शरद्सिंह यादव जनमत पार्टीमा प्रवेश गरेका छन् ।

आइतबार जनमत पार्टीको केन्द्रीय कार्यालयमा डा.यादवलाई अध्यक्ष डा.सीके राउतले खादा ओढाउँदै पार्टीमा स्वागत गरेका छन् ।

डा.यादवले विधिवत्रुपमा जनमत पार्टीको सदस्यता ग्रहण गर्दै नयाँ राजनीतिक जीवनको सुरुवात गरेको प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्, ‘जनमत पार्टीको साधारण कार्यकर्ता को रुपमा संगठन निर्माण मा लाग्ने छु।। सदा झै तपाईं हरु को साथ को अपेक्षा राखे को छु ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ