सप्तरी, १ फागुन । जिल्लाको कंचनरुप नगरपालिका–७ लालभित्ती डाँडा पौडा खोलाबाट विभिन्न हातहतियारसहित चार जना पक्राउ परेका छन् ।
भरुवा बन्दुक १ थान, बलबाईरिङ १ पोका, टुकली पटका १ पोका, बारुद १ बोतल र चम्चा १ थान सहित सोही नगरपालिका–१२ बस्तीपुर बस्ने ३६ बर्षीय प्रकाश कुमार श्रेष्ठ लगायत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय कंचनपुर र प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हातहतियार सहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया