नेपालको विकासमा भारतले पुर्याएको योगदानको कदर गर्नुपर्नेमा जोड

समाचार

वीरगंज, ३ फागुन । राष्ट्रिय एकता अभियानले वीरगंज र झापामा ‘नेपाल–भारत सहकार्य’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ।

दुई देशबीचको भौगोलिक, सांस्कृतिक, ब्यापारिक र राजनीतसम्वन्धका विषयमा जानकारी आदानप्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवको प्रमुख आतिथ्यमा वीरगंज मा आयोजित कार्यक्रममा प्राध्यापक देवेंद्र मिश्र, समाजसेवी महेश अग्रवाल, सुरेन्द्र नाथ तिवारी, डा. अजय यादव, सचितानंद सिंह, सामाजिक अभियंता ओमप्रकाश सर्राफ लगायतले आफ्नो मनतव्य राखेका थिए ।

कार्यक्रमका बक्ताहरुले भारत र नेपालको आत्मा एकै भएको तर्क गर्दै नेपालको विकासमा भारतले पुर्याईरहेको योगदानको कदर गर्नुपर्ने बताए ।

कार्यक्रमको अध्यक्ष श्याम तिवारीले गर्नु भएको थियो भने संचालन अभियान निकट विधार्थी परिषदका संयोजक विवेक कुशवाहाले गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ