कैलालीमा अवैध लागूऔषधसहित तीन जना पक्राउ

समाचार

कैलाली, ३ फागुन । जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका–१ बस्ने २४ वर्षीय सुमन थापालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घरबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी, धनगढी उपमहानगरपालिका–१० खप्तड इँटाभट्टा नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१५ बस्ने २३ वर्षीय हुकुम राना र उनकै श्रीमती २३ वर्षीया निलु चौधरी रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले सु.प.प्र.०१–००९प २५८३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ