बाँके, ३ फागुन । नेपालगंज उपमहानगरपालिका–२ न्यूरोडबाट नेपाली १ हजार दरको ५ सय ६९ थान नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् ।
कोहलपुर नगरपालिका–११ बस्ने ३३ वर्षीय मोहन कुमाई समेत तीन जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा नक्कली नोटको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया