रूपन्देही, ३ फागुन । जिल्लाको विभिन्न छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
रोहिणी गाउँपालिका–४ सुईलीहवास्थित सडकमा लु.६८ प ३४७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक मायादेवी गाउँपालिका–७ दुर्गौलिया बस्ने ३५ वर्षीय जित बहादुर यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी, तिलोत्तमा नगरपालिका–५ कफी कम्पनीस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.७७ प २०३५ नम्बरको स्कुटर आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा स्कुटरमा सवार कास्की पोखरा महानगरपालिका–९ पृथ्वीचोक घर भई हाल रूपन्देही तिलोत्तमा नगरपालिका–१६ जुडा डेरा गरी बस्ने २० वर्षीया एलिसा नेपालीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी, ओमसतीया गाउँपालिका–१ ठुटिपिपलस्थित सडकमा लु.८१ प २६०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक मायादेवी गाउँपालिका–८ बस्ने २३ वर्षीय समिर तेलीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवा हुँदै मेडिकल कलेज भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया