मटिहानीमा साना किसान तथा युवा उद्यमशीलता विकास कार्यक्रम संचालनका लागि सम्झौता

समाचार

महोत्तरी, ३ फागुन । कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास कार्यक्रम संचालनका लागि मटिहानी नगरपालिका र हेफर प्रोजेक्ट नेपाल ललितपुरबीच सम्झौता भएको छ ।

बुधबार मटिहानी नगरपालिकाको कार्यालयमा साझेदारी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा मटिहानी नगरपालिकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा र हेफरका तर्फबाट अध्यक्ष दाजाङमु शेर्पाले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल, उपप्रमुख मन्जु देवी साह, कार्यक्रम व्यवस्थापक हेफर इन्टरनेशनल नेपालका दिपेश पोख्रेल, वरिष्ठ कार्यक्रम अधिकृत मिथिलेश झा, रतौली युवा क्लवका निर्देशक वैधनाथ चौधरी, बोर्ड सदस्य धर्मेन्द्र राय, नगरपालिकाका वडा अध्यक्षहरु शिवशंकर कुमार राय, नाजिर मिया लगायतकाहरु उपस्थित रहेका थिए ।

हेफरले कृषि, पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास कार्यक्रम गर्नेछ । सम्झौता अवधि ३ फागुन २०७९ गते देखि १६ असार २०८३ सम्म रहने छ भने यसको कार्यक्षेत्र मटिहानी नगरपालिकाको सबै वडाहरु रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ