कपिलवस्तु, ४ फागुन । व्यवस्थापिका संसदको बुधवारको बैठकमा विशेष समय लिँदै कपिलवस्तु क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र राज आचार्यले छाडा चौपायको व्यवस्थापन गर्न माग गरेका छन् ।
निर्वाचन पछि पहिलो पटक सदनमा वोल्दै आचार्यले कपिलवस्तु क्षेत्र नं २ का जनतालाई धन्यावद दिँदै किसानको समस्या समाधान गर्न सम्बन्धित निकायको ध्यानार्कषण गरेका छन् ।
छाडा चौपायको कारण किसानहरुले लगाएको वालिनालि नष्ट भएको हुँदा यस्तो समस्या समाधान गर्न माग गरेका हुन् ।
स्थानीय स्तरमा गाउंँपालिका र नगरपलिकामा किसानहरुले छाडा व्यवस्थापन माग गरेपनि त्यहाँबाट समस्या समाधान नभएकोले सरकारसँग छाडा पशु व्यवस्थापन गर्न सांसद आर्चायले माग गरेका छन् ।
कृषि उत्पादनमा लाग्ने मल विउ र इन्धनको समेत किसानहरुलाई सहज रुपमा नमिलेकोले सहज रुपमा व्यवस्थापन गर्न समेत सम्बन्धीत निकायको ध्यान आर्कषण गराएका छन् ।
तपाईको प्रतिक्रिया