शिवा शर्मा, बर्दिया, ४ फागुन । राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति बचाऔँ महाअभियानका प्रमुख अभियन्ता, समाजसेवी दुर्गा प्रसाई फागुन ११ गते बर्दिया जिल्लाको सदरमुकम गुलरिया आउन लागेका छन् ।
राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको विचार अभियन्ता, गुलरिया नगरपालिका पूर्वउप –प्रमुख, समाजसेवी कृषि पत्रकार कमल राज पौडेल (देब कमल) को निमन्त्रणा, उद्योग वाणिज्य संघ गुलरियाको आयोजना र लघुवित्तिय संस्था विरुद्धको सर्घष समीति बर्दियाको जनसहभागितामा बैक तथा लघुवित्तिय संस्थाको ज्यादतिका विरुद्धमा आयोजना हुने कार्यक्रममा प्रसाईलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको कुरा उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देबेन्द्र पाण्डे (मंगल)ले बताएका हुन् ।
बैक तथा लघुवित्तिय संस्थाबाट पीडित र गुलरियामा २०६६ सालदेखि संञ्चालनमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाले १२ हजार बचत कर्ताहरुको ३५ करोड भन्दा अधिक रकम लिएर फरार हुदाँ पनि स्थानीय प्रशासनले सहकारी संचालकहरुलाई गिरफ्तार गरी कारवाहीको प्रक्रिया अगाडी नबढाएको हुनाले नमस्ते सहकारीबाट पिडित बचत कर्ताहरु र बैक तथा लघुवित्तिय संस्थाका पिडितहरुको आग्रहमा आफुले राष्ट्र,राष्ट्रियता ,धर्म र संस्कृती बचाऔ महाअभियानका अभियन्ता समाजसेवि दुर्गा प्रसाईलाई गुलरिया आएर पिडितहरुको पिडा सुनिदिनलाई निमन्त्रणा गरेको र सोही निमन्त्रणा बमोजिम प्रसाई गुलरिया आउने कुराको जानकारी पौडेलले दिए ।
जिल्लाको ८ वटा पालिकामा वडा देखि पालिकासम्मको लघुवित्तिय संस्था विरुद्धको सर्घष समीति गठन भैसकेको र ११ गते हुने कार्यक्रममा ३ हजार ५ सय देखि ५ हजारसम्मको संख्यामा बैक तथा लघुवित्तिय संस्थाबाट पिडित भएका बर्दियाबासीको कार्यक्रममा सहभागिता हुनुका साथै हाम्रा छिमेकी जिल्ला सुर्खेत ,बाँके र कैलालीसम्मका जनसमुदायको उक्त कार्यक्रममा सहभागिता रहने छ भन्ने कुरा लघुवित्तिय संस्था विरुद्धको सर्घष समीतिका अध्यक्ष्य दत्त थारुले बताए ।
तपाईको प्रतिक्रिया