महोत्तरी, ४ फागुन । मटिहानी रंगशालामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता २०७९ को मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले उद्घाटन गरेका छन् ।
मटिहानी नगरपालिकाको आयोजनामा शुरू भएको दुई दिने राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा पालिकाका पाँचै वटा विद्यालय सहभागी रहेका छन् ।
मटिहानी न.पा. वडा नं.–७ का वडा अध्यक्ष जितनारायण माझी सभापतित्वमा सम्पन्न कार्यक्रममा लो.स.पा. नेपालको केन्द्रीय सदस्य राम कुमार शर्मा ने.का.का. उपेन्द्र चौधरी,स्वास्थ्य शाखा प्रमुख पवन कुमार मंडल रा.स.मा.वि. मटिहानीका प्र.अ. ईश्वरी पौडेल लगायतका वक्ताहरुले आफ्नो मंतव्य राखे ।
दुई दिन सम्म चल्ने प्रतियोगितामा पालिकाका ५(पाँच) वटा सहभागी रहेका छन् ।
प्रतियोगिता मा भलीबाल, कब्बडी, दौड़ ,हाइ जम्प ला‘न्ग जम्प गरी जम्मा २३ किसिमको खेल खेलाइने कुराको जानकारी शिक्षा शाखा प्रमुख चन्देश्वर साहले बताए ।
उक्त समुद्घाटन कार्यक्रममा मटिहानी नगरपालिकाका क्रमशः वड़ा नं. २,३,४,५,६,७ र ८ का वड़ा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, स्वास्थ्य शाखा प्रमुख पवन कुमार मण्डल, पालिकाका सम्पूर्ण शाखा प्रमुखहरू, विभिन्न विद्यालयका प्र.अ.हरू, शिक्षक शिक्षिका लगायत बिद्यार्थीहरुको सहभागिता रहेको थियो।
तपाईको प्रतिक्रिया