जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

समाचार

मोरङ, ५ फागुन । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–८ बस्ने २४ वर्षीय आर्यन भन्ने महमद अहमद खानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

खानले ती बालिकालाई फागुन २ गते राति सुन्दरहरैचा नगरपालिका–३ स्थित चौरीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ