कपिलवस्तु, ५ फागुन । मायादेवी गाउँपालिका–८ विजुवा पुल नजिक सडकमा चाकरचौडातर्फ जाँदै गरेको लु.१ त ४०५८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने वाहदुल मुसलमानको छोरा ९ वर्षीय जाकिर मुसलमानको मृत्यु भएको छ ।
दुर्घटना गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया