गुलरिया नगरपालिकाले सुरु गर्यो पशु बीमा

समाचार

कमल राज पौडेल देवकमल, बर्दिया, ७ फागुन । गुलरिया नगरपालिकाले नगरभित्रका पशुपालक कृषकहरुको पशुधन सुरक्षाका लागि पशु बीमा सुरु गरेको छ ।

गुलरिया नगरपालिकाले २०७९ माघ १३ गते दोस्रो पटक सूचना प्रकाशित गरी बीमा कम्पनीहरुलाई पालिकामा सूचिकृत हुनको लागि सूचना प्रकाशित गरेको थियो ।

सोही सूचना बमोजिम हिमालयन एभरेष्ट, शिखर र एन एल जि इन्स्योरेन्स लिमिटेडले गुलरिया नगरपालिकामा सूचिकृतको लागि दर्खास्त दिएका थिए ।

नगरपालिकाले ३ वटै बीमा कम्पनीलाई ४–४ वटा वडा विभाजन गरी बीमा गर्न पाउने इजाजत दिएको थियो ।

सोही अनुरुप आफूले नगरपालिकामा सम्झौता गरी गुलरिया नगरपालिकाको ५ न. वडा कार्यालयमा वडाका कृषकहरु र जनप्रतिनिधि सहितको पशुपन्छी तथा माछा बीमाको लागि १ दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरी पशुपन्छी तथा माछा विमाको शुभारंम्भ गरेको कुरा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका बर्दिया शाखा प्रवन्धक सुशिल कुमार लामिछानेले बताए ।

वडा भित्रका सम्पूर्ण पशुपालक कृषकहरुको घरदैलोमा गएर आफुहरुले गुलरिया नगरपालिकाबाट आएको यो सुर्वण अवसरको लाभ लिएर आ–आफनो पशुधनको सुरक्षा गर्नुहोला भन्दै सम्र्पूण कृषकहरुलाई जानकारी गराएको कुरा गुलरिया नगरपालिका ५ न. वडा कार्यलयका का.बा अध्यक्ष्य रतन ठकुराठीले बताए ।

कृषकहरुले आफ्नो पशुधनको बीमा गर्दा बीमा कम्पानीसहित पशु प्राविधिकले कायम गरेको पशुधनकोे मुल्यमा लाग्ने बीमा रकमको ८० प्रतिशत नेपाल सरकारले र १५ प्रतिशत नगरपालिकाले ब्यहोरिदिने हुनाले कृषकहरुले ५ प्रतिशत मात्र रकम ब्यहोर्न पर्ने हुन्छ ।

५ प्रतिशत रकम दिएर आ– आफनो पशुधनको विमा गरी सुरक्षीत हुनका लागि गुलरिया नगरपालिकाले नगरभित्रका सबै कृषकहरुलाई आवह्रान गरेको कुरा गुलरिया नगरपािलकाका नगरप्रमुख मुक्तिनाथ यादवले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ