जलवायु परिवर्तन र लैंगिक समानता तथा समाजिक समावेशीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न

समाचार

जलेश्वर, ८ फागुन । नेपाल मुस्लिम महिला कल्याण केन्द्रले दुईदिने जलवायु परिवर्तन र लैंगिक समानता तथा समाजिक समाबेशीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

महोत्तरीको जलेश्वर नगरपालिकास्थित नेपाल पत्रकार महासंघको सभा हलमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता केन्द्रकी अध्यक्ष सीमा खान, प्रमुख अतिथि जलेश्वर नगरपालिकाकी उपमेयर रौशन खातुन, अतिथि महिला अधिकारकर्मी रेखा झाले रहेका थिए ।

उद्घाटन सत्रको समापन मन्तब्यमा बोल्दै केन्द्रकी अध्यक्ष सीमा खानले अहिले पनि मधेशी मुस्लिम समुदायका महिलाहरु अधिकार प्राप्त गर्न नसकेको जिकिर गरिन् ।

उनीहरुको अहिले पनि सामाजिक समाबेशी प्रतिनिधित्व हुन नसक्दा अधिकारबिहीन भएको उनी बताइन् ।

साथै जलवायुको लागि पर्यावरण, व्यवस्थित सिंचाइ, फोहोर व्यवस्थापन गर्न सबैको साझा दायित्व रहेको उनले बताइन् ।

प्रशिक्षण कार्यक्रम मुस्लिम महिलाहरुलाई सशक्तिकरणमा अहम योगदान पुर्याउने विश्वास लिइएको छ ।

त्यस्तै प्रमुख अतिथि उपमेयर रौशन खातुनले भनिन्, ‘हाम्रो समाजमा अहिले पनि मुस्लिम महिला पितृसत्तात्मक सोचका कारण अगाडी बढ्न सकेको छैन ।’ उनले महिलाहरुको क्षमता बिकास गर्न निरन्तर नगरपालिकाले कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

बिहीबारदेखि शुक्रबारसम्म संचालन गरिएको कार्यक्रममा ४२ जना मुस्लिम महिला तथा किशोरीहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको जलवायु परिवर्तनका प्रशिक्षक मोतिउर रहमानले गरेका थिए भने लैङ्िगक समानता तथा सामाजिक समाबेशीकरण बिषयका प्रशिक्षक अर्जुन साहले गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ