ब्राउनसुगरसहित हल्वाई पक्राउ

समाचार

मोरङ, ८ फागुन । विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।

ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७२ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका–५ बस्ने २९ वर्षीय उज्वल हल्वाईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ प ८६५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ