महोत्तरी, ८ फागुन । महोत्तरी गाउँपालिका–३ मडै बस्ने ७० वर्षीय शिव महराको चक्कु प्रहारबाट सोमबार दिउँसो मृत्यु भएको छ ।
बृद्धभत्ताको पैसा नदिएको बिषयलाई लिएर उनकै भतिज ३० वर्षीय बिजेन्द्र महाराले तिघ्रामा चक्कु प्रहार गर्दा शिवको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको खबर प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय महोत्तरी र ईलाका प्रहरी कार्यालय कटिकटैयाबाट खटिएको प्रहरीले हाल फरार घटनामा संलग्न बिजेन्द्रको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया