कपिलवस्तु, ९ फागुन । जिल्लाको महाराजगंज नगरपालिका–६ स्थित कन्चनिया पुल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।
४५ ग्रामसहित शिवराज नगरपालिका–४ बस्ने २६ वर्षीय दुर्गा जैसवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले लु.३७ प ५०७४ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकल चालक जैसवाललाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया