एकनाले भरुवा बन्दुक बरामद

समाचार

सर्लाही, ९ फागुन । बलरा नगरपालिका–५ अर्नाहा बस्ने राकेश मिश्रको घरबाट एकनाले भरुवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बलरा र ईलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले राकेशको घरमा लुकाईछिपाई राखिएको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

हाल फरार राकेशको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ