मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

समाचार

बाँके, ९ फागुन । नेपालगञ्ज उपमहानगरपालिका–११ स्थित सडकमा भे.३ प ९५६० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा हुँदा एक युवकको मृत्यु भएको छ ।

मंगलबार बिहान दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका–४ बसपार्क बस्ने २३ वर्षीय निशान्त शाहीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगञ्ज बाँके हुँदै थप उपचारको लागि भारतको लखनउ अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ