रूपन्देही, ९ फागुन । बुटवल उपमहानगरपालिका–६ पुरानो बसपार्क डेरा गरी बस्ने चितवन घर भएका २२ वर्षीय सुरज बजगाईको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका–२ शंकरनगरस्थित घरमा स्टिल वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको क्रिमशन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया