बर्दियामा राष्ट्रिय स्वराज पार्टीको संगठन विस्तार तीव्र

समाचार

बर्दिया, १० फागुन । नवगठित राष्ट्रिय स्वराज पार्टीले बर्दिया जिल्लामा आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ ।

मंगलबार गुलरिया नगरपालिकामा पार्टी प्रवेश कार्यक्रम युवा नेता मुनीर शेषको अध्यक्षतामा गरिएर लगभग ५० भन्दा बढीले पार्टी प्रवेश गरेका छन् ।

अहिले राष्ट्रिय स्वराज पार्टी पश्चिम मधेशमा विस्तार तीव्र बनाइरहेको छ ।

राष्ट्रिय स्वराज पार्टी स्वराजी क्रान्तिकारी नेता इरफान अहमद शेषको नेतृत्वमा गठन भइरहेको जानकारी युवा नेता मो.फारूक हासमीले दिएका छन् ।

केन्द्रीय महिला नेतृ जोया शेषले पार्टी अहिले तीव्ररूपमा विस्तार जारी रहेको जनाएकी छिन् ।

उनले भनिन्, ‘हामी मधेशवादी सोंच बोकी राष्ट्रिय स्वराज पार्टीको विस्तार कार्य सुरु गरेका छौं ।’

आउने दिनमा देशभरमा यसको संगठन विस्तार हुने भनाइ युवा नेता खेमराज मौर्याको रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ