संगठनको अभिलेख पठाउन फागुन मसान्त सम्मको समय तोकी जसपाले काट्यो पत्र

समाचार

काठमाडौं, १० फागुन । जनता समाजवादी पार्टी, नेपालले संगठनको अभिलेख संकलन गर्न मातहत समितिलाई पत्र काटेको छ ।

सोमबार सम्पन्न बैठकको निर्णय अनुसार पार्टीका संगठन विभाग प्रमुख रामसहाय प्रसाद यादवले पार्टी मातहतका समिति र संगठनलाई अभिलेखको माग गर्दै बुधबार पत्र काटेका छन् ।

‘पार्टीमा आवद्ध सम्पूर्ण पार्टी सदस्यहरुको अभिलेख पार्टीको अन्तरिम विधानको अनसूचि ६ को ढाँचामा तँहा मातहत रहेका प्रमाणीत अभिलेख मिति २०७९ फागुन मसान्तभित्र केन्द्रीय संगठन विभागमा पठाइदिन हुन सबै प्रदेश समिति, राष्ट्रिय समिति र जनवर्गीय समितिहरुलाई अनरोध गर्दछु, संगठन विभाग प्रमुख यादवद्वारा जारी पत्रमा भनिएको छ ।

अभिलेखका आधारमा पार्टीले चैत्र मसान्तमा हुने विधान अधिवेशनको लागि प्रतिनिधिको संख्या र मापदण्ड तय गर्ने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ