नाउपाका सांसद चौधरीको निलम्बन फुकुवा

समाचार

काठमाडौं, १० फागुन । नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रजातन्त्र दिवसका अवसरमा सांसद चौधरीको कैद मिनाहा भएको व्यहोराको पत्र सदनलाई जानकारी गराएपछि सांसद चौधरीको निलम्बन फुकुवा भएको हो ।

आन्दोलनका क्रममा ट्याक्टरमा आगजनीको घटनामा सांसद चौधरी जेल परेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ